प्रतिवेदन काे नमुना




समग्र प्रतिवेदन-२०७९

 

प्रतिवेदक

               नाम :

              विषय : नेपाली

              तह   : स्नातक चौथो वर्ष

               रजिष्ट्रेशन नं.:

               परीक्षा रोल्नं.:

                                            

 

त्रिभुवन विश्वविद्यालय

धनकुटा बहुमुखी क्याम्पस

शिक्षा शास्त्र संकाय

अभ्यास शिक्षण (कोड नं. ४४०) स्नातक तह चौथो बर्षको प्रयोगात्मक परिक्षाको परिपुरक प्रयोजनार्थ 

कृतज्ञता

त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक चौथो वर्षमा प्रयोगात्मक परिक्षा पुरा गर्ने क्रममा  यो समग्र प्रतिवेदन तयार पारेकी छु ।

यो प्रतिवेदन तयार गर्दा मद्दत र मार्गदर्शन  गर्नुहुने सम्पूर्ण शिक्षक ज्यूहरु र साथीहरू  तथा धनकुटा बहुमुखी क्याम्पस धनकुटाका अभ्यास शिक्षण समितिका अध्यक्ष र सदस्यहरूलाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुपर्दछ।

  धनकुटा बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायका प्राध्यापकज्यूहरु तथा अभ्यास शिक्षाणमा सहयोग गर्नुहुने सहयोगी विद्यालय श्री ........ माध्यमिक विद्यालयका प्रधानाध्यापक अध्यक्षज्यू तथा उक्त विद्यालयमा अभ्यास शिक्षणको क्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दछु । त्यसैगरी धनकुटा बहुमुखी क्याम्पस धनकुटा क्याम्पस प्रमुख श्री ........ प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरी धनकुटा बहुमुखी क्याम्पस, धनकुटा सहायक क्याम्पस प्रमुख श्री ......... प्रति हार्दिक आभार प्रकट गर्दछु। त्यसैगरी म मेरा विषय शिक्षकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। त्यसैगरी मलाई अध्ययनमा उत्प्रेरित गर्नुहुने मेरा अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। अन्त्यमा यो प्रतिवेदन तयार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु।

मिति: २०७९-११-२१ 

पृष्ठभुमी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत धनकुटा बहुमुखी क्याम्पस धनकुटामा बीएड चौथो वर्षको अभ्यास अध्यापनको आंशिक पूर्तिका लागि ‘समग्र प्रतिवेदन लेखन’ शीर्षकको यो प्रतिवेदन तयार गरिएको हो । यो प्रतिवेदनले अभ्यास शिक्षणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्म के, कहिले, कहाँ र किन गरियो भन्ने स्पष्ट पार्छ। यो प्रतिवेदनमा आठ अध्यायहरू समावेश छन । यस प्रतिवेदनको पहिलो अध्यायमा सामान्य पृष्ठभूमि, उद्देश्य र विधिहरू छन् । यस प्रतिवेदनको दोस्रो अध्यायले परिचालन पात्रो र योजनाहरूको विश्लेषण गर्दछ । यस प्रतिवेदनको तेस्रो अध्यायमा सूक्ष्म शिक्षणको संक्षिप्त विवरण छ। यस प्रतिवेदनको चौथो अध्याय सहकर्मीको शिक्षाको संक्षिप्त विवरणसँग सम्बन्धित छ। यस प्रतिवेदनको पाँचौं अध्यायले विद्यालय शिक्षाको संक्षिप्त विवरणलाई समेटेको छ। यस रिपोर्टको अध्याय छ पाठ्यपुस्तक विश्लेषणको संक्षिप्त विवरणसँग सम्बन्धित छ। यस प्रतिवेदनको अध्याय सातमा निर्माण, प्रशासन, र परीक्षणको विश्लेषण र परिणामहरूको व्याख्यासँग सम्बन्धित छ। र अध्याय आठ, यस रिपोर्टको अन्तिम अध्यायमा, स्कूल रेकर्डहरूको विश्लेषणसँग सम्बन्धित छ । यसरी यो समग्र प्रतिवेदन तयार हुन्छ।


     विषय सूची
                        पेज नं.

अध्याय - १: परिचय 1

१.१ अध्ययनको सामान्य पृष्ठभूमि. 1

१.२ अध्ययनका उद्देश्यहरू:- 1

१.३ अध्ययनका विधिहरू:- 2

अध्याय - २: वार्षिक कार्यपात्रोको विश्लेषण र योजनाहरू. 3

२.१ वार्षिक कार्यपात्रोको विश्लेषण:- 3

२.२ वार्षिक कार्य योजनाको विश्लेषण:- 3

२.३ एकाइ योजनाको विश्लेषण:- 3

२.४ दैनिक पाठ योजनाहरूको विश्लेषण:- 4

अध्याय - ३: सूक्ष्म शिक्षण. 4

अध्याय - ४: सहपाठी शिक्षण. 5

अध्याय - ५: वास्तविक शिक्षण. 6

अध्याय – ६: पाठ्यपुस्तकको विश्लेषण. 7

अध्याय - ७: प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा विश्लेषण. 8

७.१ परीक्षाको प्रश्नपत्र:- 8

७.२ नतिजाको विश्लेषण:- 8

अध्याय - ८: विद्यालय रेकर्डहरूको विश्लेषण. 9

८.१ प्रशासनिक अभिलेख:- 9

८.२ विद्यालयको भौतिक पक्षहरूको अभिलेख:- 9

८.३ विद्यालयको शैक्षिक अभिलेख:- 9

८.४ पोर्टफोलियो रेकर्ड:- 10

८.५ विद्यालय सुधार योजना :- 10


अध्याय - १: परिचय

१.१ अध्ययनको सामान्य पृष्ठभूमि:-
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको धनकुटा बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षको अभ्यास शिक्षण (कोड नं. ४४०) को प्रयोगात्मक परीक्षाका लागि यो प्रतिवेदन तयार गरिएको हो । शिक्षा संकायमा अध्ययनरत हामी विद्यार्थीसँग अध्यापन गर्ने, वार्षिक कार्यपात्रो बनाउने, वार्षिक कार्य योजना बनाउने, एकाइ योजना बनाउने, दैनिक पाठ योजना बनाउने, पाठ्यपुस्तक वा पाठ्यक्रमको विश्लेषण गर्ने, प्रश्नपत्र निर्माण गर्ने, परीक्षाको व्यवस्थापन र विश्लेषण गर्ने, परीक्षाको नतिजाको व्याख्या गर्ने क्षमता हुनुपर्छ। साथै पोर्टफोलियो रेकर्ड राख्ने, र अन्य स्कूल सम्बन्धी रेकर्ड राख्ने क्षमता हुनपर्दछ । यसकारण यो रिपोर्टले केहि उक्त प्रकारका प्रश्नहरूको उत्तर दिन्छ । जस्तै; अभ्यास शिक्षणमा के गरियो? कसरी गरियो ? अनि कसले गरेको छ ?

१.२ अध्ययनका उद्देश्यहरू:-
यस प्रतिवेदनका उद्देश्यहरू निम्नानुसार सूचीबद्ध छन्:
• अभ्यास शिक्षणको क्रममा तयार पारिएको वार्षिक कार्यपात्रो , वार्षिक कार्य योजना, एकाइ योजना र दैनिक पाठ योजनाहरूको विवरण स्पष्ट गर्न,
• सूक्ष्म शिक्षण, सहपाठी शिक्षण र विद्यालय शिक्षणको विवरण स्पष्ट गर्न,
• पाठ्यपुस्तक विश्लेषणको विवरण स्पष्ट गर्न,
• पश्नपत्र निर्माण, परीक्षा सञ्चालन र परीक्षाको व्याख्याको विवरण स्पष्ट गर्न,
• विद्यालय अभिलेखको विवरण स्पष्ट गर्न ।


अध्याय - २: वार्षिक कार्यपात्रोको विश्लेषण र योजनाहरू

२.१ वार्षिक कार्यपात्रोको विश्लेषण:-

वार्षिक कार्यपात्रो सम्पूर्ण शैक्षिक सत्रको विस्तृत योजना हो । यो प्रधानाध्यापकद्वारा अन्य शिक्षकहरूको सहयोगमा तयार गरिन्छ । वार्षिक कार्यपात्रोले एक शैक्षिक सत्रको लागि विद्यालयको विस्तृत योजना तथा कार्यक्रम प्रष्ट पार्दछ । वार्षिक कार्यपात्रोमा विद्यालय खुल्ने दिन, पढाइ हुने दिन, परीक्षा सञ्चालन गरिने दिन, नतिजा प्रकाशन हुने दिन, शिक्षक अभिभावक बैठक, अतिरिक्त क्रियाकलापका दिन, सार्वजनिक बिदा, बिदा आदि उल्लेख गरिएको हुन्छ । वार्षिक कार्यपात्रोले वार्षिक कार्ययोजाना, एकाइ योजनाहरूको लागि दिशानिर्देश गर्ने काम गर्दछ ।

२.२ वार्षिक कार्य योजनाको विश्लेषण:-

वार्षिक कार्य योजना सम्पूर्ण शैक्षिक सत्रको लागि शिक्षणको समग्र योजना हो । वार्षिक कार्य योजना विषय शिक्षकद्वारा वार्षिक कार्यपात्रोका आधारमा बनाइन्छ । वार्षिक कार्य योजनाले एकाइ योजनाहरूको लागि दिशानिर्देश गर्दछ । विद्यार्थीहरूलाई बर्षभरीमा कहिले, के, कुन र कसरी पाठ पढाइनेछ भन्ने कुरा स्पष्ट गर्दै वार्षिक कार्य-योजना तयार गरिन्छ ।

२.३ एकाइ योजनाको विश्लेषण:-

एकाइ योजना प्रत्येक एकाइलाई अध्यापन गर्नका लागि तयार गरिएका योजना हुन् । एकाइ योजना वार्षिक कार्य योजनाका आधारमा तयार गरिन्छ । एकाइ योजनाहरूमा विषयवस्तु शैक्षिक सामग्री, शिक्षण विधिहरू, शिक्षण क्रियाकलाप र मूल्याङ्कन विधिहरु आदी समावेश हुन्छन । छात्रशिक्षकद्वारा कम्तिमा दुई एकाइहरुको एकाइ योजना निर्माण गर्नुपर्दछ ।

 

२.४ दैनिक पाठ योजनाहरूको विश्लेषण:-

दैनिक पाठ योजना कुनै पाठ अध्यापन गराउन पुर्व तयार गरिन्छ । दैनिक पाठयोजनामा कुनै एक पाठलाई कसरी अध्यापन गर्ने, के उद्देश्यहरू राख्ने, कस्ता शैक्षिक सामग्रीहरू प्रयोग गर्ने , कस्ता शिक्षण सिकाइ क्रियाकलापको प्रयोग गर्ने  र मूल्याङ्कन कसरी गर्ने भन्ने कुराहरु समावेश गरेर निर्माण गरिएको हुन्छ । छात्रशिक्षकले सूक्ष्म शिक्षण गर्दा १० वटा दैनिक पाठयोजा, सहपाठी शिक्षण गर्दा १५ वटा र वास्तविक शिक्षण गर्दा कम्तिमा १२ वटा दैनिक पाठयोजना निर्माण गर्नुपर्दछ ।

 

अध्याय - ३: सूक्ष्म शिक्षण

छोटो समयको योजना बनाइ गरिने शिक्षणलाई सूक्ष्म शिक्षण भनिन्छ । यसलाई छोट्याइएको अभ्यास शिक्षण पनि भनिन्छ । किनभने सूक्ष्म शिक्षण दस देखि पन्ध्र मिनेटको हुने गर्दछ । सूक्ष्म शिक्षणमा एउटा मात्र उद्देश्य राखिएको हुन्छ । सूक्ष्म शिक्षणमा विद्यार्थी संख्या दश देखि पन्ध्र जना मात्र राखेर अभ्यास शिक्षण गरिन्छ । सूक्ष्म शिक्षणमा छात्रशिक्षकले आफ्ना सहपाठी साथीहरुलाई पढाउनु पर्नेहुन्छ । सूक्ष्म शिक्षणको प्रस्तुतीकरण समाप्त भएपश्चात साथीहरू वा सुपरिवेक्षकले सुधारको लागि आवश्यक प्रतिक्रिया दिन्छन् ।

हाम्रो क्याम्पसमा २०७९ जेठ १६ गतेबाट सुरु भएको सूक्ष्म शिक्षण  २०७९ भदौ पहिलो हप्तामा समाप्त भएको थियो। हाम्रो सूक्ष्म अभ्यास शिक्षणका सुपरिवेक्षक श्री ........ हुनुहुन्थ्यो । सूक्ष्म शिक्षणका लागि दश वटा सूक्ष्म पाठ योजना तयार गरी तीन वटा योजनाको प्रस्तुतीकरण गरेकी थिए । सूक्ष्म शिक्षणमा मलाई आफ्ना साथीहरूबाट मेरा कमीकम्जोरी सुधार गर्नुपर्ने तथा मेरा राम्राकुराहरुको सुझाव दिनुभयो र मैले सूक्ष्म शिक्षणमा मेरा कमीकम्जोरी सुधार गर्ने मौका पाएकी थिँए । यसरी हाम्रो सूक्ष्म अभ्यास शिक्षण समाप्त भएको थियो ।

अध्याय - ४: सहपाठी शिक्षण

सहपाठी शिक्षण भनेको शिक्षण भनेको वास्तबिक अभ्यास शिक्षण गर्नु अगाडी आफ्नो सहपाठी साथीहरू अध्यापन गरी शिक्षण अभ्यास गर्नु हो । सहपाठी शिक्षण पूर्ण-समयको शिक्षण हो । सूक्ष्म शिक्षणमा विशिष्ट पक्षहरू अवलोकन गरिन्छ र  कमजोरीहरूलाई सुधार गर्न अन्य प्रयासहरू गरिन्छ । तर सहपाठी शिक्षणमा समग्र शिक्षण सीपको अवलोकन गरिन्छ र छात्रशिक्षकलाई सुधारका लागि आवश्यक सुझाव दिइन्छ ।

    हाम्रो क्याम्पसमा सहपाठी शिक्षण २०७९ भदौ पहिलो हप्ताबाट सुरु भई २०७९ पुस अन्तिम हप्तामा सम्पन्न भएको थियो । सहपाठी शिक्षणमा सिकाउनको लागि १५ वटा दैनिक पाठ योजनाहरू तयार गरेकी थिए । मैले २०७९ भदौ १२ गते मेरो कक्षाको प्रस्तुतीकरण गरेकी थिए । मैले उक्त दिन मंगलाका तीन दिन पाठशिर्षकको अव्यय चिनारी (व्याकरण) पढाएकी थिए । सहपाठी शिक्षणका लागि अव्यय परिचय लेखिएको पत्ती, अव्ययको वर्गीकरण गरिएको पत्ती, फ्लाटिन पाटी आदी शैक्षिक सामग्री प्रयोग गरी सहपाठी अभ्यास शिक्षण गरिएको थियो । साथै एउटा सहपाठी छात्रशिक्षकको कक्षा अवलोकन गरी राम्रा पक्ष र सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाव प्रदान गर्ने मौका पाएकी थिए । यसरी सहपाठी शिक्षण पूरा भयो ।

अध्याय - ५: वास्तविक शिक्षण

वास्तविक शिक्षण अभ्यास शिक्षणको अन्तिम चरण हो । पाठ्यक्रमले कम्तिमा २० दिन छात्रशिक्षकले वास्तविक विद्यालयमा गइ अध्यापन वा अभ्यास शिक्षण गर्नुपर्ने उल्लेख भएबमोजिम २०७९ फागुन ४ गतेबाट वास्तविक अभ्यास शिक्षण सुरु भएको थियो । यस कारण म लगायत अन्य ९ जना सहपाठी छात्रशिक्षक गरी जम्मा १० जना धनकुटा नगरपालिका १, धनकुटामा सञ्चालित श्री ........ माध्यमिक विद्यालय सहयोगी विद्यालको रुपमा छनौट गरी वास्तविक शिक्षणको लागि गएका थियौ । विद्यालयले हामीलाई केही कक्षा र विषय तालिका उपलब्ध गराएको हुनाले मलाई दोस्रो घण्टीको  कक्षा ९ मा नेपाली विषय पढाउन भनियो । मैले उक्त  कक्षा पढाँए । विद्यालयमा पढाउने क्रममा हामीले २०७९ फागुन १२ गते अतिरिक्त क्रियाकलाप आयोजना गर्‍यौं । अतिरिक्त क्रियाकलापमा कक्षा ६ देखि ८ का छात्राका लागि तातोआलु, कक्षा ६ देखि ८ का छात्रहरुका लागि बेलुन फुटाइ र कक्षा ९ र १० का विद्यार्थीहरूको लागि कुर्सी घुमाइ खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । सहयोगी विद्यालयले हामीलाई राम्रोसँग सहयोग गरेको थियो । कक्षा ९ का विद्यार्थीहरूका लागि  मैले मिति २०७९ फागुन १५ गते एकाइ परीक्षा सञ्चालन  गरेकी थिए । उक्त परीक्षाको नतिजा विश्लेषण र व्याख्या गरिएको समेत गरिएको थियो । वास्तविक अभ्यास शिक्षण लागि बाह्र दैनिक पाठ योजना तयार पारिएको थियो ।  अन्तत् सहयोगी विद्यालय तथा विद्यालय सुपरिवेक्षकको सहयोग सराहनीय थियो । यसरी विद्यालयमा गरिने वास्तविक अभ्यास शिक्षण सम्पन्न भयो ।

अध्याय – ६: पाठ्यपुस्तकको विश्लेषण

पाठ्यपुस्तक विश्लेषण भन्नाले पाठ्यपुस्तकको आन्तरिक र बाह्य पक्षको विश्लेषण गर्नु हो। पाठ्यपुस्तकका आन्तरिक पक्षहरू; विषयवस्तु, विषयवस्तुको प्रस्तुति, विद्यार्थीको स्तरको सम्बन्धमा प्रयोग गरिएको भाषा, व्याकरणको शुद्धता, शब्दावली, विषयवस्तुको क्षेत्र र क्रम, चित्र, पाठ्यक्रमको सान्दर्भिकता आदि हुन् । त्यसैगरी पाठ्यपुस्तकका बाह्य पक्षहरू; मुद्रण, फन्ट साइज, फन्ट रङ, कागजको गुणस्तर, पृष्ठ लेआउट, कभर डिजाइन, बाइन्डिङ, मूल्य, उपलब्धता आदी हुन । विद्यालयमा पढाउने क्रममा कक्षा ९ को ‘नेपाली’ पाठ्यपुस्तकलाई माथि उल्लेखित पक्षहरूका आधारमा विश्लेषण गरिएको थियो । कक्षा ९ को प्रयोग भएको नेपाली विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक विषयवस्तुको प्रस्तुति, भाषा, व्याकरण, शब्दावली, विषयवस्तुको क्षेत्र र क्रम, चित्रको प्रयोग, सान्दर्भिकताका हिसाबले उत्कृष्ट रहेको छ । साथै पाठ्यक्रम, मुद्रण, फन्ट साइज, फन्ट रङ, कागजको गुणस्तर, पृष्ठ लेआउट र आवरण डिजाइन उत्कृष्ट रहेको निष्कर्ष निकालिएको  छ । तर सो पुस्तक नेपाल सरकारबाट निशुल्क पाइने भएकाले खरिद मूल्य उल्लेख नभएको पाइयो । त्यसकारण उक्त पुस्तकमा कुनै पनि प्रश्न उठाउने कुनै अर्थ थिएन, त्यसैले समग्र अर्थमा विश्लेषण गरिएको पुस्तक उत्कृष्ट रहेको पाइयो । यसरी किताबको विश्लेषण गरी प्रतिवेदन तयार भयो ।

अध्याय - ७: प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा विश्लेषण

७.१ परीक्षाको प्रश्नपत्र:-

विद्यार्थीको शैक्षिक उपलब्धिको मूल्याङ्कन गर्नको लागि परीक्षा आवश्यक छ । त्यसैले विद्यार्थीहरूको उपलब्धिको मूल्याङ्कन गर्न मिति २०७९ फागुन १५ गते कक्षा ९ का विद्यार्थीहरुका लागि नेपाली विषयको परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षाको पूर्णांक २५ अंक र उत्तीर्णांक १० अंक थियो । परीक्षामा जोडा मिलाउने प्रश्न २ पूर्णांकको, वाक्यमा प्रयोग गर्ने प्रश्न ३, पूर्णांकको शुद्धपारी लेख्ने प्रश्न ३, पूर्णांकको खालि ठाँउ भर्ने २, पूर्णांकको छोटो उत्तर लेख्ने प्रश्न १० पूर्णांकको र लामो उत्तर लेख्ने प्रश्न ५ पूर्णांकका प्रश्नहरु सोधिएको थियो । उनीहरुलाई पहिले नै परीक्षणको बारेमा जानकारी दिइएको थियो । परीक्षा राम्रोसँग व्यवस्थापन गरिएको थियो । उनीहरूलाई आफ्ना साथीहरूको जवाफ हेर्न अनुमति थिएन ।

७.२ नतिजाको विश्लेषण:-

विद्यार्थीको उपलब्धिको मूल्याङ्कन गर्नको लागि बनाइएको परीक्षा भरपर्दो, वैध, वस्तुनिष्ठ र सुसंगत थियो । विद्यार्थीहरूको नतिजाले विद्यार्थीहरूको सिकाइ राम्रो रहेको देखाउँछ । उक्त परीक्षाको पूर्णांक २५ अंक र उत्तीर्णांक १० अंक थियो । विद्यार्थीको उच्चतम अंक २० रहेको थियो र सबैभन्दा कम ५ अंक विद्यार्थीले प्राप्त गरेका थिए । परीक्षामा सहभागी ४२ जना विद्यार्थी मध्ये ५ जना विद्यार्थीले मात्र परीक्षा उत्तीर्ण गर्न सकेनन् । विद्यार्थीहरूको औसत अंक १५.६५ थियो । २१ जना विद्यार्थीले औसतभन्दा माथि र १६ जना विद्यार्थीले औसतभन्दा कम अंक प्राप्त गरेका छन् । अधिकांश विद्यार्थीले औसत अंक ल्याएका थिए । विद्यार्थीको अङ्कको बीचमा कुनै उच्च फैलावट थिएन । यसरी पूर्णांक २५ को परीक्षामा विद्यार्थीको औसत अंक १५.६५ रहेकोले नतिजा राम्रो देखिन्थ्यो । औसत अंक ६२.६% थियो त्यसैले नतिजा राम्रो भएको निष्कर्षमा पुग्न सकिन्छ ।

अध्याय - ८: विद्यालय रेकर्डहरूको विश्लेषण

८.१ प्रशासनिक अभिलेख:-

विद्यालयको प्रशासनिक अभिलेख भन्नाले विद्यालयको प्रशासन शाखाले राखेको अभिलेखलाई बुझाउँछ । तहाँका कर्मचारीहरुको नामावलीको अभिलेख, विद्यालय व्यवस्थापन समितिको नामावलीको अभिलेख, शिक्षक अभिभावक समितिका सदस्यहरुको नामावलीको अभिलेख आदि विद्यालयको प्रशासनिक अभिलेख हुन् ।

 

८.२ विद्यालयको भौतिक पक्षहरूको अभिलेख:-

विद्यालयको भौतिक पक्षहरूले भवनको संख्या र अवस्था, कक्षाकोठा, कर्मचारी कोठा, क्यान्टिन, विश्राम कोठा, अफिस कोठा, खेल मैदान, फर्निचर, कम्प्युटर र अन्य सामग्रीहरू समावेश गर्दछ । विद्यालयको भौतिक पक्षको अभिलेख विश्लेषण गर्दा भवन, कक्षाकोठा, फर्निचरको संख्या र अवस्था पर्याप्त भए पनि कर्मचारी कक्षा सानो र साँघुरो  पाइएको छ । साथै विद्यालयमा उपयुक्त खेल मैदान नरहेको पाइयो ।

 

८.३ विद्यालयको शैक्षिक अभिलेख:-

विद्यालयको शैक्षिक अभिलेखले उक्त विद्यालयमा विद्यार्थीहरुको अभिलेख भन्ने बुझायउछ । विद्यालयको शैक्षिक अभिलेखलाई व्यवस्थित गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा स्वीकृत एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) प्रयोग गर्ने गरेको पाइयो ।

 

८.४ पोर्टफोलियो रेकर्ड:-

पोर्टफोलियो रेकर्ड भनेको विद्यार्थीको शारीरिक, शैक्षिक, सामाजिक र अन्य पक्षहरूको विवरणको अभिलेख हो । पोर्टफोलियो रेकर्डले विद्यार्थीको समग्र पक्षहरूको विवरण देखाउँछ त्यसैले यसलाई राख्न आवश्यक छ । सहयोगी विद्यालय श्री..... माध्यमिक विद्यालयले पोर्टफोलियो रेकर्ड राख्ने गरेको छ ।

 

८.५ विद्यालय सुधार योजना (SIP):-

विद्यालय सुधार योजना विद्यालयको वर्तमान अवस्थामा सुधारको लागि निर्माण गर्ने विस्तृत योजना हो । विद्यालय सुधार योजनामा स्पष्ट दृष्टिकोण, स्पष्ट उद्देश्य, रणनीति, कार्यात्मक उत्तरदायित्वको प्रत्यायोजन, सरोकारवालाहरूको सक्रिय सहभागिता, सक्रिय शैक्षिक गतिविधि, स्रोत परिचालन र विद्यालय व्यवस्थापन आदी समावेश हुन्छन ।

हिले माध्यमिक विद्यालयले प्रत्येक शैक्षिक सत्रमा विद्यालय सुधार योजना अद्यावधिक गर्ने गरेको छ ।

https://hmarticle.blogspot.com/2023/08/blog-post.html

Read more article.

Comments

Popular posts from this blog

कार्यमुलक अनुसन्धानकाे नमुना | Action Research | प्रतिवेदन नमुना

Aayush Singh Thakuri and Alizeh Jamali: A Cross-Border Love Story Blossoming on TikTok

The religious conflict : what are factors that contribute to the violence?